
काठमाडौं - वनमन्त्री शक्ति बस्नेत मन्त्रालयको व्यस्त दैनिकीसँगै यतिबेला आफ्नै परीक्षाको तयारीमा छन्। राजनीतिशास्त्रको स्नातकोत्तर (एमए) का लागि मन्त्री बस्नेतले अहिले परीक्षा दिइरहेका छन्। बानेश्वरस्थित गोल्डेन गेट कलेजबाट उनले ‘तेस्रो पेपर’ को परीक्षा सकाए। अझै दुइटा विषयको परीक्षा बाँकी नै छ। राजनीतिशास्त्रमै स्नातक बस्नेत स्नातकोत्तर तहसम्मको अध्ययनले अझ बढी राजनीतिमा निखार ल्याउने उद्देश्यले अध्ययनमा लागेका हुन्।
उनी मात्रै होइन, कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पनि अहिले राजनीतिशास्त्रकै एमको परीक्षा दिइरहेका छन्। उनको सेन्टर भने प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा परेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।