
काठमाडौं – पाकिस्तानको मुख्यभूमिबाट केही पर रहेको एउटा सानो टापु हिन्द महासागरले निलेको छ । उक्त टापु सामुद्रिक लहरमा हराएको छ ।
६ वर्षअघि पाकिस्तानको बलुचिस्तानमा ७.७ म्याग्निच्युडको भूकम्प आएपछि यो टापु बनेको थियो ।
जलजला कोह नामक उक्त टापु पानीभित्रको माटो ज्वालामुखी विस्फोट भएपछि बनेको थियो ।
महासागरका लहरहरूले यसलाई क्रमशः क्षयीकरण गर्दै गएपछि अन्तिममा यो पानीमा विलीन भएको छ ।
नासाले खिचेका तस्वीरले यो अचानक प्रकट भएको अनि क्रमशः हराउँदै गएको देखाउँछ । अहिले पानीभित्र भए पनि नासाका पछिल्ला तस्वीरमा यो टापु देखिन्छ ।
भूकम्पपछि बनेको टापुमा पर्यटक र स्थानीयहरू पुग्ने गरेका थिए यद्यपि त्यहाँ खराब धूवाँ आइरहन्थ्यो ।
टापुमा मरेका माछा, माटो, बालुवा र पत्थर हुने गर्थ्यो ।
टापु ९० मिटर अग्लो र ४० मिटर लामो थियो । तर यसको क्षेत्रफल घट्दै गएको थियो अनि अहिले त यो डुबिसकेको छ ।
एजेन्सी