
काठमाडौँ । नेपाली चलचित्र उद्योगमा एउटा फिल्मलाई दर्शकले मन पराएपछि त्यसको सिक्वेल निर्माणको होड नै चलिरहेको छ ।
चलचित्र ‘दर्पणछायाँ’, ‘लुट’ तथा ‘छक्कापन्जा’ले निर्माण शैली नै परिवर्तन गराउनुका साथै दर्शकलाई नेपाली चलचित्रप्रतिको मोह बढाएको छ । गत वर्ष ब्लकबस्टर भएको ‘छक्का पन्जा ३’, ‘ए मेरो हजुर–३’ र ‘नाई नभन्नु ल ५’ सबै हिट नामका सिरिज हुन् । दर्शकले चलचित्रको नाम र ब्रान्डकै कारण पनि सिनेमा घरसम्म पुग्ने विश्वास निर्माताको छ । चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी भन्छन्, चलचित्रको नामले दर्शकले फिल्मलाई माया गर्छ तर त्यसको कथावस्तुमा पनि ध्यान दिइनुरहेको छ । सिक्वेल गरेको कारण मात्र चलचित्र हिट भएको भन्न मिल्दैन ।
अहिलेसम्मको चलचित्र निर्माणको घोषणा हेर्ने हो भने यो वर्षलाई ‘सिरिजको वर्ष’ भनेर घोषणा गर्दा फरक पर्दैन । गाेरखापत्र दैनिकमा विस्तृतमा खबर छ ।