२२ असार २०८३, सोमबार

तरकारीमा विषादी परीक्षण नगर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट

तरकारीमा विषादी परीक्षण नगर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
प्रतिकात्मक तस्वीर

काठमाडौं– भारतबाट भित्रिने तरकारी तथा फलफूलसहितका कृषिजन्य पदार्थमा विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले सरकारी निर्णयले उपभोक्ताहरू विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य हुने अवस्था आएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा कृषिजन्य पदार्थलाई विषादी परीक्षणपछि मात्र भित्रिने व्यवस्था गर्न अन्तरिम आदेश माग गरिएको छ ।

मन्त्रिपरिषद्को गत बिहीवार बसेको बैठकले आफ्नै पुरानो निर्णय उल्ट्याउँदै विषादी परीक्षण नगरी तरकारी तथा फलफूल भित्रिन दिने निर्णय गरेको थियो ।

उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्