३० जेठ २०८३, शनिबार

उल्कापिण्डबाट बनेको पिस्तोल लिलामीमा, १६ करोडको बोली

उल्कापिण्डबाट बनेको पिस्तोल लिलामीमा, १६ करोडको बोली

काठमाडौं – अमेरिकाको डाल्लासमा लिलाम बिक्रीमा राखिएका दुई पिस्तोलको मूल्य १६ करोड रुपैयाँ राखिएको छ । 

दुवै पिस्तोललाई ४५०० करोड वर्ष पुरानो उल्कापिण्डबाट तयार पारिएको हो । 

विशेषज्ञहरूका अनुसार, म्योनियोनालुस्टा पृथ्वीमा खसेको सबभन्दा पहिलो उल्कापिण्डमध्ये एक हो । 

लिलामी साउन ४ गते अमेरिकाको हेरिटेज अक्सन हाउसले गर्नेछ । 

म्योनियोनालुस्टा उल्कापिण्ड सन् १९०६ मा स्विडेनमा भेटिएको थियो । त्यसैले पिस्तोल बनाइएको हो । 

लिलामी गर्ने कम्पनीको विज्ञान विभागका निर्देशक क्य्राग किसिकका अनुसार, यी पिस्तोलहरूका धेरैजसो भाग उल्कापिण्डबाट तयार पारिएको हो । यसलाई सन् १९११ को प्रसिद्ध कोल्ट पिस्तोलबाट प्रेरित भएर बनाइएको बताइएको छ । 

पिस्तोल बनाउने लोई यिबोन्दूका अनुसार, बन्दूक बनाउनु फरक अनुभव थियो । यसलाई तयार पार्दा कार्बन स्टील, एल्युमिनियम र स्टीलमा हीरा मिसाएको जस्तो लागेको उनले बताएका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्