
काठमाडौं – चीनमा एउटा कालो बिरालोका दुई आँखामा दुईथरी रंग छन् । रोगका कारण उसको आँखाको रंग फरक फरक भएको हो ।
निउ नाइ नाम राखिएको बिरालोका मालिकले उसको रंगीन आँखाको तस्वीर सामाजिक सञ्जालमा राखेका हुन् ।
हेटेरोक्रोमिया आईरिडस नामक रोग बुवाआमाको जिनबाट सर्छ र यो प्रायः सेतो बिरालोलाई लाग्ने गर्छ । मेलानिनको स्तर कम भएपछि आँखाको रंगमा परिवर्तन देखिन्छ ।
बिरालोको बच्चा नीलो आँखासहित जन्मिन्छ तर उमेर बढ्दै जाँदा आँखाको रंग परिवर्तन हुन्छ । १२ हप्तामा आँखाको रंग निर्धारण हुन्छ ।
मेलानिनको स्तरअनुसार बिरालो नीलो वा पहेंलो, हरियो, खैरो रंगको आँखा हुन्छ ।
एजेन्सी