२१ जेठ २०८३, बिहीबार

यो तस्वीर समुद्री तटको हो त ? होइन !

यो तस्वीर समुद्री तटको हो त ? होइन !

काठमाडौं – पाकिस्तानका एक विद्यार्थी मुहम्मद नईमले ट्विटरमा एउटा तस्वीर शेयर गरेका छन् ।

झट्ट हेर्दा यो तस्वीर कुनै समुद्रको किनारको जस्तो देखिन्छ । रोमान्टिक किनार जस्तो देखिने तस्वीरमा धेरै लाइक आयो । 

तर खासमा यो तस्वीर कारको ढोकाको हो । दृष्टिभ्रमका कारण भत्किएको ढोकालाई मानिसले बालुवासहितको किनार, लहर र गाढा नीलो आकाश जस्तो देखेका हुन् । 

तस्वीरसँगै उनले लेखे, ‘तपाईंले समुद्री किनार, आकाश, पत्थर र ताराहरू देख्नुभयो भने तपाईं एक कलाकार हो । तर यो कुनै चित्रकला हैन, यो त मर्मत गर्नुपर्ने कारको ढोकाको तल्लो भाग हो ।’

धेरै मानिसले यसलाई समुद्रको किनार नै भन्ठाने । तर यो कारको ढोका हो भनिदिएपछि चाहिँ कसैलाई पनि यो समुद्री किनार जस्तो लागेन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्