२१ जेठ २०८३, बिहीबार

बाँदरले घेरेर टोके अनि चिथोरे यी व्यक्तिलाई (भिडियो)

बाँदरले घेरेर टोके अनि चिथोरे यी व्यक्तिलाई (भिडियो)

काठमाडौं – भारतको वृन्दावनमा अगरबत्ती बेच्ने एक पसलेलाई बाँदरहरूको एक समूहले आक्रमण गरेको छ । 

निकुञ्ज गोयल नामक ती पसले शनिवार बिहान साढे १० बजे पसलबाट घर आउँदै गर्दा बाँदरले घेरेर टोक्ने र चिथोर्ने गरेका थिए । 

सीसीटीभी क्यामरामा बाँदरहरूले उनलाई सडकमा पछ्याएको र एउटाले उनलाई झम्टेर भुइँमा लडाएको देखिन्छ । 

त्यसपछि अरू दुई बाँदर उनीमाथि चढ्छन् र उनलाई टोक्छन् । उनले एउटालाई मिल्काउँछन् र उभिन्छन् । 

उनी सडकमा दौडिन्छन् र उनका छिमेकीले कुचो बोकेर आएर बाँदरलाई धपाउँछन् ।

गोयललाई आक्रमणका क्रममा बाँदरले टोकेका अनि चिथोरेका थिए । उनलाई पछि रेबिजको उपचारका लागि लगिएको थियो । 

फेसबूकमा आफूमाथि भएको आक्रमणका बारेमा लेख्दै गोयलले बाँदरको समस्याका कारण घरबाट निस्कन गाह्रो हुन थालेको बताए । 

यस समस्यालाई अधिकारीहरूले मतलब नगरेको उनको भनाइ छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्