०८ साउन २०८३, शुक्रबार

भारतबाट आयातित तरकारीको विषादी जाँच गर्न नेविसंघको माग

भारतबाट आयातित तरकारीको विषादी जाँच गर्न नेविसंघको माग

काठमाडौं- नेपाल विद्यार्थी सङ्घले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग गरेको छ । 

भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न नपर्ने भन्ने सरकारको निर्णयको विरोध गर्दै मंगलवार नेविसङ्घले त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । 

नेविसङ्घका दीपक भट्टराईले विदेशीलाई खुशी बनाउनका लागि नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्न नपाइने बताए । 'विषादी तरकारी र फलफूल जाँच नगरी ल्याएर सरकारले जनताको आयु घटाउन खोजेको छ,' उनको आरोप थियो । 

कल्पना खड्का, आरसी भट्टराई, सुनिता पोखरेल, मनोज वैद्य, लिलाबल्लभ दाहाल ‘काका’लगायत विद्यार्थी नेताले भारतबाट निर्यात हुने तरकारी तथा फलफूलमा विषादी हालेको पाइए पनि सरकारले बिनाजाँच आयात गर्न दिएर जनस्वास्थ्यमाथि खेलबाड गरेकाले तत्काल उक्त निर्णय सच्याउनुपर्नेमा जोड दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्