२७ जेठ २०८३, बुधबार

सिप्रदीको ५१औं सर्भिस सेन्टर ग्वार्कोमा

सिप्रदीको ५१औं सर्भिस सेन्टर ग्वार्कोमा

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्वार्कोमा आफ्नो ५१ औं सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।

जयदेव ट्रेडिङ प्रालि सिप्रदीको ११ औं आधिकारिक सर्भिस सेन्टर हो । सिप्रदी कम्पनीका चिफ अफरेटिङ अफिसर सीओओ राजेशप्रसाद गिरी तथा जयदेव प्रालिका सञ्चालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै दाहालले भने, 'सन् १९८२ मा स्थापना भएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरू मार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नमा प्रतिबद्ध रहँदै आएको छ । हाम्रो सर्भिस टीमले २४ सैं घण्टा सेवा प्रदान गर्छ र हामीलाई विश्वास छ कि यसले टाटा मोर्टस्‌का उत्पादनहरू खरीद गर्ने ग्राहकहरूलाई आत्मविश्वास दिन्छ ।'

त्यसैगरी सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर राजेशप्रसाद गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोबारे जोड दिँदै भने, ''कुनै ग्राहकले टाटाका उत्पादनहरू किन्छ भने उसले सेवाहरू प्राप्त गर्ने अधिकार पनि सँगै प्राप्त गर्दछ र ती सेवाहरू प्रदान गर्ने कम्पनीको दायित्व हो र सिप्रदीमा हामी यो सुनिश्चित गर्दछौं कि हाम्रा ग्राहकहरुले सो अधिकार प्राप्त गर्नु हुन्छ। हाम्रा सेवाहरू र ५१औं सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्धता देखाउँछ ।'

 

salt training

कमेन्ट गर्नुहोस्