२५ जेठ २०८३, सोमबार

विवादित मेयर द्वारिकलाल चौधरीले डोजर लगाएर भत्काए आफ्नै घर

विवादित मेयर द्वारिकलाल चौधरीले डोजर लगाएर भत्काए आफ्नै घर
फाइल फोटो

काठमाडौँ - इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन् ।

वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि आज आफैं उपस्थित भएर पर्खाल भत्काउन लगाएका हुन् ।

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका थिए । उनले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लागेका हुन् ।

मेयर चौधरी पत्रकारको नाकको डाँडी भाँच्न एक करोड रूपैयाँ छुट्याएको अभिव्यक्ति दिएपछि विवादमा आएका थिए  । विवादपछि पत्रकारलाई होच्याउने आफ्नो उद्देश्य नभएको भन्दै माफी मागेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्