२५ जेठ २०८३, सोमबार

इरानको तेल ट्यांकरमा कब्जा गर्न अमेरिकाले बनायो रणनीति

इरानको तेल ट्यांकरमा कब्जा गर्न अमेरिकाले बनायो रणनीति

काठमाडौं – अन्तर्राष्ट्रिय जलमार्गमा इरानको तेल ट्यांकरहरूमा साझेदारहरूमार्फत कब्जा गर्ने रणनीति अमेरिकाले बनाएको छ । इरानलाई जल नाकाबन्दी गर्न पनि अमेरिका तम्सेको छ । यो सबै उसले जलआवागमन स्वतन्त्रताको नाममा गर्न लागेको हो ।

अमेरिकाले ‘होर्मुज र बाब अल–मान्डेबको जलडमरुमा जलआवागमनको स्वतन्त्रता सुनिश्चित गर्न’ गठबन्धन बनाउन खोजेको जोइन्ट चीफ्स अफ स्टाफ जोसेफ डनफोर्डले मंगलवार बताए । यो जलमार्गले पर्सियन खाडीलाई ओमानको खाडीसँग जोड्छ अनि रेड सीलाई अदनको खाडीसँग जोड्छ । 

अमेरिकाले राजनीतिक इच्छाशक्ति देखाउने विभिन्न देशसँग सम्पर्क गरेर यस रणनीतिमा सहयोग चाहेको मरिन जनरलले बताए । 

आरटीबाट
 

salt training

कमेन्ट गर्नुहोस्