२६ जेठ २०८३, मंगलबार

धूवाँले निसासिएर बेहोश भएको बिरालोलाई ल्याइयो होशमा (भिडियो)

धूवाँले निसासिएर बेहोश भएको बिरालोलाई ल्याइयो होशमा (भिडियो)

काठमाडौं – रुसको एक घरमा आगो लाग्दा धूवाँले निसासिएर बेहोश भएको एक बिरालोलाई उद्धारकर्ताहरूले १० मिनेटको प्रयासपछि होशमा ल्याएका छन् । 

साइबेरियामा रहेको टोम्स्क शहरमा दुईतल्ले काठे घरमा आगो लागेपछि अग्निनियन्त्रकहरू खबर पाएर पुगेका थिए ।

भिडियोमा देखिएअनुसार, आपतकालीन सेवाकर्मीहरूले खैरो बिरालोलाई घाँटी समातेर घरबाट बाहिर ल्याउँछन् । 

त्यसपछि उनले बिरालोलाई भुइँमा राख्छन् अनि बालबालिका तथा अन्य हेरालुहरूले हेर्दा उनले सहकर्मीलाई जगेडा अक्सिजन मास्क ल्याउन भन्छन् । 

उनले त्यो मास्क बिरालोको मुखमा राख्छन् र त्यसको ढाड सुम्सुम्याउँदै त्यसलाई बौराउन खोज्छन् ।

बिरालो बौरिन्छ र अन्यमनस्क बनेको देखिन्छ । 

बिरालोलाई होशमा ल्याउन अग्निनियन्त्रकहरूलाई १० मिनेट लगाएको बताइएको छ । 

घटनास्थलमा एउटा कुकुर पनि थियो तर उसलाई आगो र धूवाँले कुनै असर पारेन । 

घरमा लागेको आगो राति पौने ११ बजे निभाइएको थियो ।

छब्बीसजना आपतकालीन सेवाकर्मी र सात वाहन घटनास्थलमा पुगेका थिए । 

बाथरूममा लागेको आगोको कारण खुलेको छैन । आगो लाग्दा घरमालिकहरू घरमा थिएनन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्