०७ साउन २०८३, बिहीबार

सर्वोच्चले भन्यो– विषादी परीक्षण नगरी भारतबाट तरकारी नभित्र्याउनू

सर्वोच्चले भन्यो– विषादी परीक्षण नगरी भारतबाट तरकारी नभित्र्याउनू

काठमाडौं –विषादी परीक्षण नगरी भारतबाट तरकारी तथा फलफूल नभित्र्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता स्वागत नेपाल लगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले राजपत्रमा प्रकाशित सूचनालाई बदर गर्ने गरी मन्त्रिपरिषद्बाट भएको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले सरकारी पक्षलाई यही असार ३० गते लिखित जवाफसहित छलफलका लागि उपस्थित हुन आदेश समेत दिएको अधिवक्ता नेपालले लोकान्तरलाई जानकारी दिए ।

यही असार ३ गते राजपत्रमा सूचना प्रकाशित गरी सरकारले विदेशबाट भित्रिने कृषिजन्य पदार्थमा अनिवार्य विषादी परीक्षण गर्ने व्यवस्था गरेको थियो ।

भारतीय पक्षबाट चर्को दबाब आएपछि गत बिहीवार बसेको मन्त्रिपरिषद बैठकले तयारी नपुगेको भन्दै विषादी परीक्षण नगरी तरकारी नभित्र्याउने निर्णय स्थगन गरेको थियो ।

कमेन्ट गर्नुहोस्