२९ असार २०८३, सोमबार

मानव सेवा आश्रमलाई सिटी एक्सप्रेसको एक लाख सहयोग

मानव सेवा आश्रमलाई सिटी एक्सप्रेसको एक लाख सहयोग

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा 'मानव सेवा आश्रम' संस्थालाई सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरूमा पनि सहयोग र साथ प्रदान गर्ने घोषणा गरेका छन् । 

समाजको सकरात्मक रुपान्तरण एवं मानवीय सेवाको कार्यमा मानवसेवा आश्रमले पुर्‍याउँदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेस फाउन्डेशनका सक्रिय सदस्यहरूको उपस्थिति थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्