०२ साउन २०८३, शनिबार

संसद बैठक सूचनामार्फत १० दिनको लागि स्थगित

संसद बैठक सूचनामार्फत १० दिनको लागि स्थगित

काठमाडौं– सोमवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर १० दिनको लागि स्थगित गरिएको छ ।

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सोमवार सूचना प्रकाशित गरी सदस्यहरू बाढी पहिरो लगायत विपत्तिमा परेका पीडितहरूलाई सहयोग गर्न जिल्ला जानु परेकोले सभामुख कृष्णबहादुर महराले साउन ८ गतेसम्मका लागि बैठक स्थगित गरेका जानकारी गराएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बाढीपीडितको उद्धारमा जान भन्दै सोमवारको बैठक स्थगनका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।  

हेर्नुहोस सूचना 

salt training

कमेन्ट गर्नुहोस्