१३ असार २०८३, शनिबार

ट्रम्पले गरे जातीय भेदभावयुक्त ट्वीट, महिला नेताहरूलाई आफ्नै मूल थलो जान भने

ट्रम्पले गरे जातीय भेदभावयुक्त ट्वीट, महिला नेताहरूलाई आफ्नै मूल थलो जान भने

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवार विपक्षी दल डेमोक्रेटिक पार्टीका महिला सांसदहरूमाथि नश्लीय टिप्पणी गरेका छन् । 

ती नेताहरू जुन देशबाट आएका हुन्, त्यतै फर्कनुपर्ने उनले लेखे । ट्रम्पको यस बयानलाई अमेरिकामा बस्ने अनेक जातिका मानिस तथा प्रवासीका लागि खतराका रूपमा हेरिएको छ । 

ट्वीटमार्फत महिला सांसदहरू न्युयोर्ककी अलेक्जेन्ड्रिया ओकासियो–कोर्टेज, मिनेसोटाकी इल्हान उमर, मिशिगनकी रशीदा तलैब र म्यासाचुसेट्सकी आयाना प्रेसलेमाथि ट्रम्पले आक्रमण गरेका हुन् । यी चारै महिला पहिलोपटक सांसद बनेका हुन् । 

ट्रम्पले पहिले पनि नश्लीय टिप्पणी गरिसकेका छन् । पोहोर साल उनले अफ्रिकी देशलाई बकवास भन्दै त्यहाँबाट प्रवासी मानिस मात्र आउने बताए । 

अर्को वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्रेटहरूले ट्रम्पको यो टिप्पणीलाई निकै उचाल्ने सम्भावना छ ।

ट्रम्पले कसैको नाम त उल्लेख गरेनन् तर महिला सांसदहरूले इजरायललाई निकै घृणा गर्ने बताए । उनको इशारा इल्हान उमर र रशीदा तलैबतर्फ थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्