०७ असार २०८३, आइतबार

भारतमा संस्कृत भाषामा सपथ ग्रहण गर्ने सांसदहरूलाई उच्च सम्मान प्राप्त हुने

भारतमा संस्कृत भाषामा सपथ ग्रहण गर्ने सांसदहरूलाई उच्च सम्मान प्राप्त हुने

काठमाडौँ - भारतका १७ औं लोकसभाको सदस्यका रूपमा संस्कृत भाषामा सपथ ग्रहण गर्ने सांसदहरूलाई 'संस्कृत भारती'को तर्फबाट सम्मानित गर्ने निर्णय गरिएको छ ।

लोकसभामा जम्मा जम्मी ४७ सांसदहरूले संस्कृत भाषामा सपथ ग्रहण गरेका थिए । संस्कृतभारतीको दिल्ली प्रदेशका मन्त्री कौशल तिवारीले भने, 'संस्थाको प्रयासबाट पहिलोपटक यति धेरै संख्याका सांसदहरूले संस्कृत भाषामा सपथ लिएका छन् । यसकारण सबै सांसदहरूलाई सम्मानित गर्ने निर्णय गरिएको छ, ता कि अरू पनि प्रेरित हुन सकून ।'

संस्कृतभारती संस्था देशभर संस्कृत भाषालाई स्थापित गर्न काम गर्छ । तिवारीका अनुसार केन्द्रीय मन्त्री डाक्टर हर्षवर्द्धनले अघिल्लो पटक लोकसभामा निर्वाचित भएपछि संस्कृत भाषामा सपथ लिएका थिए । उनलाई अहिले विशेष रूपमा सम्मान गर्ने कार्यक्रम रहेको छ । सम्मान समारोहमा पहिला संस्कृत भाषामा सपथ ग्रहण गर्ने सबैलाई निमन्त्रणा गरिएको छ, जसमा शुष्मा स्वराज पनि पर्छिन् ।

भर्खरै सम्पन्न लोकसभा चुनावबाट निर्वाचित सांसदहरू मध्ये २ सय १० जनाले हिन्दीमा, ५४ जनाले अंग्रेजीमा र ४७ जनाले संस्कृतमा सपथ ग्रहण गरेका थिए । अंग्रेजीमा सपथ लिनेहरू गत लोकसभामा १ सय १४ जना थिए भने अहिले त्यो संख्या आधा भन्दा धेरै घटेको हो ।

salt training

कमेन्ट गर्नुहोस्