१० असार २०८३, बुधबार

श्रीमतीको हत्या पछि श्रीमानले गरे आत्महत्या

कात्तिक २०, २०७४
श्रीमतीको हत्या पछि श्रीमानले गरे आत्महत्या

डडेल्धुरा, १३ चैत– डडेल्धुराको आलिताल गाउँपालिकामा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । आलिताल गाउँपालिका–७ चिसापातिका ४२ वर्षका कर्णबहादुर बोहराले ३८ वर्षकी श्रीमती बेलमतिदेवीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

श्निबार दिउँसा ३ बजे तिर श्रीमतीको हत्या गरेका बोहराले त्यसलगत्तै घर नजिकैको रुखमा झुण्डिएर आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार कर्णबहादुरको मानसिक अवस्था असन्तुलित थियो । उनका तीन छोरी र एक छोरा छन् । छोरा वैदेशिक रोजगारीको शिलशिलामा दुवइमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्