११ साउन २०८३, सोमबार

'बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो'

'बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो'
फाइल फोटो

जनकपुरधाम उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो औँल्याएका छन् ।

धनुषा र सिरहा जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

दुवै जिल्लाका लागि उपलब्ध सामग्री र जनशक्तिले भइरहेको राहत र उद्धार कार्य प्रशंसनीय भए पनि डुबानका क्षेत्रमा उच्च प्राविधिक जनशक्तिको आवश्यकता रहेको मन्त्री यादवले उल्लेख गरे ।

कमला नदीको बाँधमा कटान हुनसक्नेतर्फ इङ्गित गर्दै उनले सम्भावित जोखिमलाई दृष्टिगत गरी उच्च प्राविधिकद्वारा बाँध मर्मत तथा संरक्षण तत्काल गर्नु आवश्यक भएकामा उनले जोड दिए ।

प्राकृतिक विपद्मा राजनीति नगरी वास्तविक पीडितलाई राहत उपलब्ध गराउनु जरुरी भएको बताउँदै उनले राहतका लागि मात्र सरकारमाथि नै आश्रित हुने आकांक्षा त्यागी आ–आफ्ना सामर्थ्य पनि प्रयोग हुनु आवश्यक छ, भने ।

मन्त्री यादवले सरकारले बाढीबाट पीडितलाई उद्धार  गर्न गोताखोरलाई विशेष सुविधा दिने घोषणा गरिसकेको र यस विपत्तिमा गोताखोरको सङ्ख्या बढाउनु जरुरी भएको जानकारी दिए ।

एक फरक प्रसङ्गमा उनले जनकपुरधाम विमानस्थलमा ‘रिफिल सेन्टर’ साउन १० गतेदेखि सञ्चालन हुने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्