१३ असार २०८३, शनिबार

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

काठमाडौं – असार २७ गते सिप्रदी ट्रेडिङ्ग प्रालि तथा भारतीय पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको कार्यक्रममा सिप्रदीले अधिराज्यभर रहेका आफ्नो आधिकारिक डिलरलाई आमन्त्रित गरी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा पाहुनालाई कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका कार्यकारी निर्देशक राजनबाबु  श्रेष्ठले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाबारे सहभागीलाई प्रष्ट पारेका थिए ।

कार्यक्रममा भारतीय पेट्रोलियमको लागि नेपालका प्रबन्धक मुकुन्द धमलाले नेपालको मार्केटप्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सबाट आशा पनि धेरै रहेको कुरामा जोड दिए ।

सिप्रदीका उपजनरल म्यानेजर रोशनकुमार श्रेष्ठले कम्पनीको हाल अपनाइरहेको रणनिति तथा आगामी कार्ययोजनाबारे स्पष्ट पारेका थिए ।

कार्यक्रममा नेपालभर रहेका सिप्रदीसँग आवद्ध डिलरमध्ये उत्कृष्ट डिलरलाई विभिन्न १० विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले सबै सम्मानित सहभागीलाई बधाई दिँदै आगन्तुक पाहुनालाई धन्यवाद मन्तव्य दिए । कम्पनीले अपनाउने आगामीे रणनीतिमा प्रतिवद्धता व्यक्त गरेका थिए । 

विगत १७ वर्षदेखि सिप्रदी नेपालको नम्बर १ ल्युब्रिकेन्टस्(म्याक ल्युब्रिकेन्टस्को लागि १ मात्र आधिकारिक वितरक हो ।

salt training

कमेन्ट गर्नुहोस्