
काठमाडौं, १३ चैत - नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समित गठन हुने भएको छ । आज देखि सुरु भएको केन्द्रीय समितिको बैठकले सो प्रस्ताव लगेको हो ।
कार्य सम्पादन समितिमा सभापति शेरबहादुर देउवाको पकड रहने भएको छ । देउवाले आजको बैठकमा सम्पादन समिति बैठक गठनको प्रस्ताव लगेका हुन् ।
कार्य सम्पादन समितिमा सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यष सितादेवि यादव छन् । उनीहरु सहित केन्द्रीय समितिको रोल क्रममा रहेका २५ सदस्यलाई कार्यसम्पादनमा राखिएको हो ।
देउवा बाहेक सो समुहमा उनका पक्षका १५ जना परेका छन् । त्यस्तै पौडेल, कोइराला र यादव बोहेक पौडल समुहका ९ जना परेका छन् । यसरी देउवा समुहको संख्या १६ र पौडेल समुहको संख्या १२ हुने भएको छ । उक्त समितिका कृष्ण सिटौला पनि छन् । उनको समुहबाट उनी मात्रै परेका हुन् । कांग्रेसभित्र यो समितिलाई पार्टी चलाउने समिति अर्थात पावरफुल समितिको रुपमा लिइन्छ ।
कार्य सम्पादन समितिको को को परे ?देउवा समूह
शेरबहादुर देउवा
गोपालमान श्रेष्ठ
विमलेन्द्र निधि
कुलबहादुर गुरुङ
खुमबहादुर खड्का
चित्रलेखा यादव
पूर्णबहादुर खड्का
अर्जुन नरसिंह केसी
प्रदीप गिरी
बालकृष्ण खाँड
ज्ञानेन्द्रबहादुर कार्की
रमेश रिजाल
डा. प्रकाशशरण महत
फरमुल्लाह मन्सुर
मानबहादुर विश्वकर्मा
एनपी साउद
पौडेल समूह
रामचन्द्र पौडेल
शशांक कोइराला
सीतादेवी यादव
प्रकाशमान सिंह
डा. रामशरण महत
बलबहादुर केसी
महेश आचार्य
नरहरि आचार्य
डा. नारायण खड्का
डा. मिनेन्द्र रिजाल
सुजाता कोइराला
दिलेन्द्र बडु
सिटौला
कृष्णप्रसाद सिटौला