१९ असार २०८३, शुक्रबार

मलेसियामा हिट छ यो ह्यान्डसम बोको (भिडियो)

मलेसियामा हिट छ यो ह्यान्डसम बोको (भिडियो)

काठमाडौं – माथिको चित्रमा देखिएको बोको मलेसियाको इन्टरनेटमा भयंकर हिट भएको छ । किसानले बोकोको सुन्दर कपाल र दाह्रीसहितको तस्वीर अन्लाइनमा राखेपछि धेरैले मन पराएका छन् । 

बोकोको नाम रामोस हो । रामोसका मालिक अहमद फादजिर हुन् र उनी पेराक राज्यको केराई शहरमा बस्छन् । सेतो बोकोले क्यामराका लागि पोज दिन मन पराउने अहमद बनाउँछन् । 

यो बोको ११ महिनाको भयो । यो स्विट्जरल्यान्डको सानेन प्रजातिको गोरो बोको हो । 

‘बोकोको फोटो भाइरल भइदेला भन्ने अपेक्षा मैले गरेको थिइनँ,’ मुहम्मद लाइभस्टक फार्मका फादजिरले बताए, ‘मसँग अरू १७ वटा सानेन बोका छन् । तर यो चाहिँ सुन्दर छ र यसको कपाल राम्रो छ । मैले उसको तस्वीर खिच्दा ऊ हाँस्छ ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्