
काठमाडौं १३ चैत - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचन विथोल्नको लागि पोष्टर सार्वजनिक गरेको छ । स्थानीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको उनको पार्टीले सो अभियानको लागि पोष्टर सार्वजनिक गरेको छ ।
कथित स्थानीय चुनाव खारेज गरौं भन्ने मुल वाक्य पोष्टरमा रहेको छ । त्यस्तै शान्ति, समानता, स्वाधिनता र सम्बृद्धिको लािग वैज्ञानिक समाजवाद स्थापना गरौं भन्ने वाक्य पनि पाष्टरमा लेखिएको छ ।
चुनावमा मत व्यक्त गर्दै गरेको तस्वीरलाई काटिएको छ भने तलबाट मतपेटिकामा आगो लगाइएको तस्वीर पोष्टरमा छ ।