
काठमाडौं–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मध्यपश्चिम क्षेत्रमा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न रोक लगाउने घोषणा गरेको छ ।
सो पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले एक विज्ञप्ति जारी गर्दै सरकारी सेतो नम्बर प्लेटका गाडीहरु साउन ७ गतेदेखि चल्न नदिने घोषणा गरेका हुन् ।
जारी विज्ञप्तिमा सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान चलाएर जनपक्षीय अभियानलाई बन्द गर्ने र जनप्रतिनिधिहरुनै ठेक्कापट्टामा सामेल भएर आफ्नै टिपर, ट्याक्टर, स्काभेटर प्रयोग गरी राज्यको सम्पतिको दोहन गरिरहेको आरोप लगाइएको छ ।