२८ जेठ २०८३, बिहीबार

एनिमेसन स्टुडियोमा भीषण आगलागी, २४ जनाको मृत्यु

एनिमेसन स्टुडियोमा भीषण आगलागी, २४ जनाको मृत्यु

टोकियो– जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौं घाइते भएका छन् । 

सो कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध रूपमा गरिएको प्रहरीको भनाइ छ । यस आगजनीको कारण प्रष्ट भइनसकेकाे प्रहरीले जानकारी दिएको छ । 
 
सो आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरू भाग्न असफल भएकाले मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । 

भूइँ तला र पहिलो तलामा १२ जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको र उनीहरूमा श्वासप्रश्वासको समस्या देखिएको अग्नि नियन्त्रण विभागमा अधिकारीहरूले जानकारी दिएका छन् । 

सो आगजनीमा मारिएका प्रायः व्यक्ति सो कम्पनीमा कार्यरत रहेका बताइएको छ । यद्यपि यसमा घटनामा मारिएका व्यक्तिको औपचारिक पुष्टि भने भएको छैन । 

दोस्रो तलामा रहेका व्यक्तिहरू पनि भाग्न असफल भएको बताइएको छ । सरकारी अधिकारीहरूका अनुसार यस आगजनीमा परी ३५ व्यक्ति घाइते भएका र तीमध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको छ । कम्पनीमा करीब ७० जना कार्यरत रहेको बताइएको छ ।

प्रहरीले एक शंकास्पद अधवैंशे व्यक्तिलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको छ । उनको स्थानीय अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । 

ती व्यक्तिले पेट्रोलजस्तो देखिने तरल पदार्थ लिएर भवनभित्र प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको छ । उनले नै भवनको तल्लो तलामा पेट्रोल छर्केर आगो लगाएको आशंका प्रहरीले गरेको छ ।

Photo : CNN

salt training

कमेन्ट गर्नुहोस्