३० जेठ २०८३, शनिबार

दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटनामा दुई जनाको मृत्यु

मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा बिहीवार बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

एक नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरूमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका– ३ का ३१ वर्षीय टिकाराम थापा र बसमा सवार नामथर नखुलेका अन्दाजी ३५ वर्षका एक पुरुष यात्रु रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रित भई उक्त दुर्घटना भएको थियो ।

एक जनाको घटनास्थलमै र सहचालकको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका घाईतेहरूको न्यूरो अस्पताल विराटनगर,मोरङ डाइनेष्टिक अस्पताल पथरी र नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्