२९ जेठ २०८३, शुक्रबार

७१ वर्षसम्म विवाहित यो जोडीको एकै दिन मृत्यु (भिडियो)

७१ वर्षसम्म विवाहित यो जोडीको एकै दिन मृत्यु (भिडियो)

काठमाडौं – अमेरिकाको जर्जियामा ७१ वर्षसम्म विवाहित पति र पत्नीको एक जोडीको एकै दिनमा १२ घन्टाको अन्तरमा मृत्यु भएको छ । 

९४ वर्षीय हर्बर्ट डीलाइग्ले र म्यारिलीन फ्रान्सेस डीलाइग्ले सन् १९४८ मा विवाह गरेका थिए । शुक्रवार उनीहरूको वेन्सबोरो अस्पतालमा निधन भयो । 

हर्बर्ट बिहान २ः२० मा बिते भने म्यारिलीन फ्रान्सेस ठ्याक्कै १२ घन्टापछि बितिन् । 

यो जोडीको भेट सन् १९४७ मा वेन्सबोरो क्याफेमा भएको थियो । त्यहाँ म्यारिलीन काम गर्थिन् । 

एक वर्षसम्म डेटिङ गरेपछि हर्बर्टले म्यारिलीनलाई प्रपोज गरे । 

हर्बर्ट अमेरिकी सेनामा थिए र उनी सेनामा २२ वर्ष काम गरेपछि सेवानिवृत्त भए । 

उनीहरूका ६ सन्तान र १६ नाति, २५ पनाति र तीन जनाति छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्