
काठमाडौं – भारतको महिसागरमा एक विषालु सर्पले टोकेपछि एक व्यक्तिले सर्पलाई दाँतले टोकेर मारेका छन् ।
शनिवार अपराह्नमा ६० वर्षीय प्रभात गाला बारियाको मुखैमा सर्पले टोक्यो ।
उनलाई लुनावाडा अस्पताल कुदाइयो । तर त्यसअघि उनले सर्पलाई टोकेर मारे । सर्पले टोकेको केही घन्टापछि उनको पनि निधन भयो ।
प्रभात बारिया मकैको खेतमा उभिएर एउटा ट्रकमा मकै राखिरहेका थिए । अचानक एउटा सर्प घस्रिँदै आयो । अरूहरू भागे तर प्रभात चाहिँ सर्पलाई पहिले पनि समातिसकेको भन्दै त्यहीँ उभिइरहे । उनले सर्प समाते र सर्पले उनको हात र अनुहारमा टोकिदियो । तर प्रभातले सर्पलाई टोकेर मारिदिए ।
एजेन्सी