काठमाडौं, १३ चैत– साताको पहिलो दिन आज (आइतबार) सेयर बजार परिसूचक ४७.७९ अंकले बढेर १५३३ दशमवलव ८३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सूचाङ्क (सेन्सिटिभ इन्डेक्स) पनि १०.२२ अंकले बढेर ३३३ दशमलव ४८ विन्दुमा पुगेको छ ।
आइतबारको सेयर बजारमा सबै समूहका उपसूचकहरु बढेका छन् । सबैभन्दा बढी बिमा समूहको उपसूचक २०३ दशमलव ३७ अंकले बढ्यो । औषतका हिसावले भने सबैभन्दा बढी जलविद्युत समूहको उपसूचक ८ दशमलव ६८ प्रतिशतले बढ््यो । यस्तै होटेल समूहको उपसूचक ४ दशमलव ९३, फाइनान्स समूहको उपसूचक ३ दशमलव ७१ र विकास बैंक समूहको उपसूचक ३ दशमलव ६८ प्रतिशतले बढ्यो ।
आइतबार समग्र सेयर बजारमा १ अर्ब ७६ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भयो ।