२८ जेठ २०८३, बिहीबार

बिहीवारदेखि राजधानीमा पुष्प प्रदर्शनी, ४५० थरी फूल एकै छानामुनी

कात्तिक २०, २०७४
बिहीवारदेखि राजधानीमा पुष्प प्रदर्शनी, ४५० थरी फूल एकै छानामुनी

काठमाडौं, १३ चैत –पुष्प व्यवसायको व्यवसायीक प्रवद्र्वनका लागि यही विहीवारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी व्यपार मेला हुने भएको छ ।

‘शान्ती, सम्बृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपालले उक्त प्रदर्शनी आयोजना गर्न लागेको हो । मेला यही चैत १७ देखि २० गतेसम्म चल्ने एसोसियसनले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको उक्त प्रदर्शनीमा ४ सय ५० भन्दा बढी प्रकारका विभिन्न मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ड्राई फ्लावर, सुनाखरी लगायतका फूल विरुवाहरू राखिने आयोजनकले जनाएको छ ।

त्यस्तै प्रदर्शनीमा फूलका विउविजन, गाना, कम्पोष्ट मल, ग्रीन हाउस, कृषि औजार, प्याकेजिङ सामग्री, थोपा सिंचाई प्रविधि, जैविक तथा रसायनिक प्रविधि लगायत फूल उत्पादनसँग सम्बन्धित प्रविधि तथा सामग्री पनि पाइनेछ ।

प्रदर्शनीमा २८ अन्तर्राष्ट्रिय सहित ९९ वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । अफिसियल स्टलका लागि ७ वटा, प्रतियोगितात्मक प्रदर्शनीका लागि ३ वटा, ल्याण्डस्केपिङ्गका लागि ४ वटा र व्यवसायीक स्टलका लागि ५७ वटा स्टल रहने एसोसियसनका अध्यक्ष कुमार कसजुले बताए ।

साथै प्रदर्शनीमा राखिएका पुष्प व्यवसायीले उत्पादन गरेका फूल विरुवाहरूवीच प्रतिस्पर्धा गराई उत्कृष्ट हुने पुष्प व्यवसायीलाई पुरस्कृतसमेत गरिनेछ ।

आयोजना गर्न लागिएको प्रदर्शनी पुष्प वा सोसँग सम्बन्धित व्यवसाय गर्न चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा ज्ञान हासिल गर्न चाहन, नयाँ प्रविधिको बारेमा जानकारी लिन चाहनेका लागि प्रदर्शनी उपयोगी हुने विश्वास एसोसियसनको छ ।

प्रदर्शनीको करीव ६५ हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा करीव ७५ लाख रुपैयाँ कारोवार हुने आयोजकको दावी छ ।

प्रविधि बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरू मेलामा सहभागी हुने मेला संयोजक तथा बरिष्ठ उपाध्यक्ष दिलिप बादेले जानकारी दिए ।

हाल मुलुकभर ३९ जिल्लाका करिव ६ सय ७८ पुष्प व्यवसाय विस्तार भईसकेको एसोसियनले जनाएको छ । हाल करीव १ सय ४८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय सञ्चालनमा छ ।

हालसम्म ४१ हजार भन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्प व्यवसायमा आवद्व रहेको एसोसियसन बताउँछ ।

गत आर्थिक वर्ष (आव) २०७२/७३ मा करीव साढे १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको एसोसियसन बताउँछ ।

एसोसियसनका अनुसार गत आवमा ६ करोड ४ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएको एसोसियनको तथ्याङ्क छ ।

नेपालमा हाल कुल मागको करीव १० प्रतिशत फूल भारतलगायतका मुलुकबाट आयात हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्