१३ असार २०८३, शनिबार

काठमाडौंमा तरकारीको मूल्य आकाशियो, मूल्य वृद्धि ६.७ प्रतिशत

साउन ४, २०७६
काठमाडौंमा तरकारीको मूल्य आकाशियो, मूल्य वृद्धि ६.७ प्रतिशत

काठमाडौँ-पछिल्लो समय नेपाली बजारमा खाद्य, तरकारी तथा दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकाशिएको पाइएको छ। राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको ११ महिनामा खाद्य, तरकारी तथा पेय पदार्थको मूल्य वृद्धि भएको देखाएको हो ।

बैंकले जारी गरेको उक्त तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि २.१ प्रतिशतले बढेर ६.२ प्रतिशत पुगेको छ। गत आवको ११ महिनाको तथ्यांकअनुसार २०७६ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति यस्तो देखिएको हो।

तर, अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो।

खाद्यान्नको मूल्य ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । समग्रमा अघिल्लो जेठको तुलनामा गएको जेठमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ३.० प्रतिशत रहेको थियो। नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्