
काठमाडौं – चन्द्रमामा पहिलोपटक पाइला राख्ने अन्तरिक्षयात्री नील आर्मस्ट्रङको स्पष्ट तस्वीर एक बेलायती फोटोग्राफरले सार्वजनिक गरेका छन् ।
यो अद्भुत तस्वीर एन्डी सान्डर्सले बनाएका हुन् र यसमा आर्मस्ट्रङ पहिलोपटक चन्द्रमामा पुग्दापछिको क्षण देख्न पाइन्छ ।
आर्मस्ट्रङ चन्द्रमामा पुगेपछि एकछिन रोकिएको अनि त्यसै क्षणमा नासाले उनको अनुहारको स्पष्ट तस्वीर खिचेको सान्डर्सले पत्ता लगाए ।
फोटोग्राफरले फोटो इन्हान्सिङ प्रविधि प्रयोग गरेर आर्मस्ट्रङको स्पष्ट तस्वीर सार्वजनिक गरेका हुन् ।
नासा र अमेरिकाले अपोलो ११ रकेट चन्द्रमामा पुगेको ५० वर्ष पूरा भएको उपलक्ष्यमा यो फोटो सार्वजनिक भएको हो ।
यो ऐतिहासिक तस्वीर हो किनकि चन्द्रमामा आर्मस्ट्रङका खासै फोटा छैनन् । अधिकांश फोटामा बज आल्ड्रिन देखिन्छन् ।
आर्मस्ट्रङले धेरैजसो फोटो खिचेका थिए । केही मानिस चाहिँ आल्ड्रिन आफू चन्द्रमामा पाइला टेक्ने दोस्रो मानिस हुनुपरेकोमा चित्त दुखाएर आर्मस्ट्रङको धेरै फोटो नखिचेको मान्छन् ।
एजेन्सी