२० असार २०८३, शनिबार

पाकिस्तानी प्रधानमन्त्री अमेरिका भ्रमणमा : खर्च जोगाउन व्यापारिक उडान, होटेल छाडेर दूतावासमै बास

पाकिस्तानी प्रधानमन्त्री अमेरिका भ्रमणमा : खर्च जोगाउन व्यापारिक उडान, होटेल छाडेर दूतावासमै बास

काठमाडौँ - पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिकाको तीन दिने भ्रमणमा निस्केका छन् । उनको सोमवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राष्ट्रपति निवास व्हाइट हाउसको ओभल अफिसमा भेटवार्ता तय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक अमेरिका भ्रमणमा निस्केका खान एक कमर्शियल उडानमार्फत वाशिङगटन पुगेका थिए । उनी सरकारी खर्च बचाउनका लागि व्यापारिक उडानमार्फत अमेरिका गएको पाकिस्तानका सरकारी अधिकारीहरूले दाबी गरेका छन् ।

खान अमेरिका भ्रमणका क्रममा महँगो होटेलमा बस्नेछैनन्, बरू पाकिस्तानी दूतावासमै रहनेछन् । खानसँगै पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशी, सेनाप्रमुख कामर जावेद बाजवा र आइएसआई प्रमुख फैज हमिद पनि अमेरिकाकै औपचारिक भ्रमणदलमा सामेल छन् ।

खानाले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटवार्तामा द्वीपक्षीय मुद्दासँगसँगै अफगानिस्तानमा शान्ति स्थापना गर्ने र आतंकवादका मुख्य मुद्दाहरूमा चर्चा गर्ने पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

खानले पाकिस्तानको सरकारी खर्च बचाउने पक्षमा निरन्तर वकालत गर्दै आइरहेका छन् । उनले खर्च जोगाउनकै लागि प्रधानमन्त्री निवासमा रहेका ८ वटा भैंसी बेचेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्