०२ असार २०८३, मंगलबार

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने

साउन ७, २०७६
एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने

काठमाडौं–परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्त विपरित दुई भन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । 
गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना पनिकाले सार्वजनिक गरेको थियो । यद्यपि ‘माथिको आदेश’मा सूचना परिमार्जन गर्नुपरेको पनिकाका पदाधिकारीहरूले बताएका छन् । पूरकको सिद्धान्तअनुसार बढीमा दुई विषयसम्मको पुनः परीक्षा दिन पाइन्छ । नयाँ सूचनाअनुसार परीक्षार्थीले चाहेजति सबै विषयमा पूरक परीक्षा दिन पाउने छन् । 

salt training

कमेन्ट गर्नुहोस्