१२ असार २०८३, शुक्रबार

तिनाउ नदीमा पानीको सहत बढ्यो, सर्तकता अपनाउन आग्रह

साउन ७, २०७६
तिनाउ नदीमा पानीको सहत बढ्यो, सर्तकता अपनाउन आग्रह

बुटवल – सोमवार रातिदेखि परेको अविरल वर्षका कारण रुपन्देहीका केही क्षेत्र डुबानमा परेका छन् ।

रुपन्देहीको सैनामैना–२ का झण्डै दर्जन घर डुबानमा परेका हुन् ।

तिनाउ नदीमा पानीको बहाव पनि बढेको छ । इलाका प्रहरी कार्यालय बुुटवलका प्रमुुख भीमलाल भट्टराईले तिनाउमा पानीको सहत बढेकाले सर्तकता अपनाउन आग्रह गरिएको बताए । 

नेपाल बाढी सूूचना केन्द्रले तिनाउ नदीको पानीको बहावले खतराको तह पार गरेकाले नदीको तल्लो तटीय क्षेत्रमा बस्ने वासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ । केन्द्रले डुबान भइरहने क्षेत्रमा मंगलवार साँझसम्म सर्तकता अपनाउन आग्रह गरेको छ । 

पछिल्ला वर्ष तिनाउ नदीको बहाव क्षेत्रमा धमाधम घर बनेको छन् । जसले गर्दा विपद् निम्तिने गरेको छ । २ वर्ष अगाडि आएको बाढीले देवीनगर बुुद्धनगर जोड्ने झोलुुङ्गे पुुल बगाएको थियो भने बहाव क्षेत्रका दर्जनभन्दा बढी टहरा पनि बगाएको थियो । अहिले पनि बुुटवल लगायत पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्