२८ असार २०८३, आइतबार

बेलायतले आज नयाँ प्रधानमन्त्री पाउने

बेलायतले आज नयाँ प्रधानमन्त्री पाउने

काठमाडौं – बेलायतका प्रधानमन्त्री तथा सत्तारूढ कन्जर्भेटिभ पार्टीका नेता पदका लागि चुनाव प्रक्रिया सोमवार पूरा भएको छ । 

यस क्रममा पार्टीका १ लाख ६० हजार कार्यकर्तालाई ब्यालेट भोटिङ गराइएको छ । मंगलवार भोट गनेर विजेताको घोषणा गरिनेछ ।

कार्यवाहक प्रधानमन्त्री टेरिजा मेको स्थान लिनका लागि चुनावमा बोरिस जोनसन र जेरेमी हन्टबीच प्रतिस्पर्धा छ । चुनावमा जोनसनको जीत हुने अनुमान गरिएको छ । 

यसबीच सरकारका परराष्ट्रमन्त्री सर एलन डंकनले सोमवार पदबाट राजीनामा दिएका छन् । डंकनले जोनसनसँग काम गर्न नसक्ने बताएका छन् । 

आइतवार अर्थमन्त्री फिलिप ह्यामन्डले जोनसन प्रधानमन्त्री भएमा पदबाट राजीनामा दिने बताएका थिए । न्यायमन्त्री डेभिड गुइकेले पनि जोनसनको मुनि बसेर काम नगर्ने बयान शनिवार दिएका थिए । 

जोनसन र हन्टबीच एक महिनादेखि प्रधानमन्त्री पदका लागि प्रतिस्पर्धा जारी छ । 

बेलायतले युरोपेली संघसँग ब्रेक्जिट डील गराउन असफल भएपछि टेरिजा मेले जुन ७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । नयाँ प्रधानमन्त्री छानिन्जेलका लागि मे कार्यकारी प्रधानमन्त्री बनेकी थिइन् । 

मंगलवार उनी अन्तिम क्याबिनेट बैठकमा भाग लिनेछिन् । त्यसपछि उनले रानी एलिजाबेथलाई राजीनामा दिनेछिन् । त्यसपछि बेलायतका आगामी प्रधानमन्त्रीको घोषणा हुनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्