
काठमाडौं – बेलायतको कन्जर्भेटिभ पार्टीको नेताका रूपमा निर्वाचित भएपछि बोरिस जोनसन देशका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । नेतृत्वको प्रतिस्पर्धामा उनले जेरेमी हन्टलाई हराएका हुन् ।
जोनसन लन्डनका पूर्व मेयर हुन् । उनले लामो समयदेखि देशको नेतृत्व सम्हाल्ने आकांक्षा राखेका थिए ।
उनले खसेको कुल मतमध्ये ६६ प्रतिशत ल्याएका छन् । उनले ९२ हजार १५३ मत ल्याउँदा हन्टले ४६ हजार ६५६ भोट ल्याएका हुन् ।
चुनावमा विजयी भएपछि गरेको सम्बोधनमा जोनसनले आफ्ना समर्थक समेत आश्चर्यमा परेको हुन सक्ने बताए ।
उनले यो इतिहासको महत्त्वपूर्ण क्षण भएको र आफ्नो दलले युरोपेली संघसँग निकट सम्बन्ध कायम गर्ने अनि देशमा लोकतान्त्रिक तवरले स्वशासन गर्ने विषयलाई एकजुट गर्नुपर्ने बताए ।
उनले मन्त्रीहरू तथा पार्टीका कर्मचारीहरूलाई चुनावी अभियानको मन्त्रको स्मरण गराए ः ‘ब्रेक्जिट गराऔं, देशलाई एकजुट बनाऔं र जेरेमी कोर्बीनलाई हराऔं ।’
द गार्डियनबाट