३० असार २०८३, मंगलबार

परराष्ट्रमन्त्री ज्ञवाली राहतसहित पुगे गुल्मीको पहिरो प्रभावित क्षेत्रमा

परराष्ट्रमन्त्री ज्ञवाली राहतसहित पुगे गुल्मीको पहिरो प्रभावित क्षेत्रमा

काठमाडौं- ८ जनाको ज्यान जानेगरी गुल्मीको सत्यावती गाउँपालिकामा भएको पहिरोको अवलोकन तथा पीडितलाई राहत सामाग्री बाँड्न परराष्ट्रमन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवाली घटनास्थलमा पुगेका छन् ।

नेपाली सेनाको हेलिकप्टर मार्फत मन्त्री ज्ञवाली सत्यावती गाउँपालिकाको लिम्घामा पुगेर घटनाबारे जानकारी लिएका छन् । मन्त्री ज्ञवालीले उद्धार तथा राहतमा जुटन स्थानीय प्रशासनलाई निर्देशन दिएका उनका प्रेस संयोजक सुधन ज्ञवालीले लोकान्तरलाई जानकारी दिए । मन्त्री ज्ञवालीले राहत सामाग्री लगेका छन् ।

सोमवार राति गएको पहिरोमा परी सत्यावती गाउँपालिकाका ३ र ४ नम्बर वडामा ८ जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएर केही हराइरहेका छन् । सत्यावती गाउँपालिकाकी उपाध्यक्ष सुवर्णा शेरचन शाहीले पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या अझै एकिन भइनसकेको बताइन् । पहिरोका कारण गुल्मीको रिडी रुद्रवेनी चोरकाटे सडक ठाउँठाउँमा अवरुद्ध भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्