३१ असार २०८३, बुधबार

साहलाई गोली हानेर भागेका थिए एसएसबीका जवान, ६ वर्षपछि सरकारको १० लाख

कात्तिक २०, २०७४
साहलाई गोली हानेर भागेका थिए एसएसबीका जवान, ६ वर्षपछि सरकारको १० लाख
काठमाडौँ, १४ चैत - भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) द्वारा ६ वर्षअघि मारिएका मोरङ अमाहिबरियातीका वासुदेव साहको परिवारले १० लाख क्षतिपूर्ति पाउने भएको छ । ६ वर्षअघि एसएसबीका इन्स्पेक्टरसहित आएका जवानद्वारा नेपाली भूमिमै साहको हत्या भएको थियो, आजको नयाँ पत्रिकामा खबर छ ।gautam_sah

११ जेठ ०६७ साँझ ९ बजे भारतको अररिया जिल्लास्थित गरैया गाउँको लैलोखर सीमा सुरक्षा क्याम्पबाट सिभिल पोसाकमा आएका एसएसबीका इन्स्पेक्टर हितेन्द्र सिंह र अर्का एक कन्सटेबल नेपाली प्रहरीसँग विवाद भएको झोकमा नेपालभित्रै पसेर पेस्तोल प्रहार गरी वासुदेव साहको हत्या गरेर भागेका थिए ।
स्थानीय समाजसेवीसमेत रहेका साहलाई तत्काल जिल्ला प्रशासन कार्यालयले सहिद घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने र परिवारलाई क्षतिपूर्ति दिलाउने लिखित प्रतिबद्धता जनाएको थियो । तर, अहिलेसम्म पीडित परिवारले केही पाउन सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्