१० साउन २०८३, आइतबार

सभामुखले बोल्न समय नदिएपछि कांग्रेस र राजपाका सांसदहरू वेलमा

सभामुखले बोल्न समय नदिएपछि कांग्रेस र राजपाका सांसदहरू वेलमा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको विरोधका कारण संसद बैठक अवरुद्ध भएको छ ।

सोमवार बसेको प्रतिनिधिसभाको बैठकको शुरूमै कांग्रेस र राजपा सांसदहरू उठेर विरोध जनाएका थिए । उनीहरूलाई समय नदिइ सभामुख कृष्णबहादुर महराले शून्य समयको कारवाही प्रारम्भ हुने बताएपछि कांग्रेस र राजपाका सांसदहरू वेलमा आएका थिए ।

संसदीय छानविन समितिको माग गरेका कांग्रेस र राजपाले संसदीय सर्वोच्चताको नारा लगाएका थिए ।

‘आफ्नो ठाउँमा बस्नुभयो भने संसदीय सर्वोच्चता कायम गर् भन्ने एउटा नारा ठीक छ, त्यसका लागि माननीय सदस्यहरू बस्नुपर्‍यो नि !’ महराले भने ।

सभामुख महराले संसदीय सर्वोच्चता कायम गर्न अवरोध हटाउन आग्रह गरे । ‘सदन अवरुद्ध रहँदा जनताका विभिन्न समयसामयिक विषय राख्न पाउनु भएको छैन, बस्नुहोस् माननीय सदस्यहरू,’ महराले भने ।

सर्लाहीमा भएका दुई वटा घटनाको संसदीय छानबिनको माग गर्दै कांग्रेस र राजपाले यसअघि पनि संसदको बैठक अवरुद्ध गरेका थिए । बाढीपहिरो र डुबान पीडितको उद्धार र राहतका लागि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न भन्दै साउन ८ गते एक दिन संसदको बैठक सुचारु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्