२१ असार २०८३, आइतबार

होटलमा सुतिरहेकी महिलाको हातमा बेरिन आयो सर्प

होटलमा सुतिरहेकी महिलाको हातमा बेरिन आयो सर्प

काठमाडौं – अमेरिकाको मेम्फिसमा रहेको ह्याम्पटन इनमा सुतिरहेकी मेलिन्डा मेजरको हातमा सर्प आएर बेरिएपछि निकै आत्तिएकी छन् । 

उनी दोस्रो तल्लामा रहेको कोठामा सुतिरहेकी थिइन् । उठ्दाखेरी उनले हातमा केही घस्रिरहेको अनुभव गरिन् । 

शुरूमा त उनलाई पतिको हात जस्तो लाग्यो तर उनी पति त कोठामा छैनन् भनी झल्याँस्स भइन् । 

सर्प देख्नेबित्तिकै उनी जुरुक्क उठिन् र हात झड्कारेर सर्प फालिन् । 

उनले भनिन्, ‘सर्प खाटमा पछारियो र म डेस्कमा उभिएँ अनि फ्रन्ट अफिसका मानिसलाई बोलाएँ ।’

आफूलाई सर्पसँग डर लाग्ने मेलिन्डाको भनाइ छ । 

ह्याम्पटन इन वाल्नट ग्रोभका जनरल म्यानेजर जेसन आर्न्ड्टले एक वक्तव्य जारी गरेर बताए, ‘पाहुनाहरूको सुरक्षा हाम्रो उच्च प्राथमिकतामा पर्छ । यो घटनाका बारेमा थाहा पाएपछि होटलले तत्कालै सर्प हटायो अनि कीरा नियन्त्रण गर्ने समूहलाई बोलायो ।’

त्यो बगैंचातिर पाइने हरियो सर्प भएको र कसोकसो कोठामा आइपुगेको पछि थाहा भयो । 

यस्तो घटना भएपनि मेलिन्डाले उक्त होटलमा फेरि बस्न आफू इच्छुक रहेको र आफू होटलको नियमित पाहुना भएको बताइन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्