१४ असार २०८३, आइतबार

विश्वविद्यालयका पदाधिकारीको पदावधि सकिँदै, सुरु भएन छनोट प्रक्रिया

साउन १४, २०७६
विश्वविद्यालयका पदाधिकारीको पदावधि सकिँदै, सुरु भएन छनोट प्रक्रिया

काठमाडौँ। विश्वविद्यालयका पदाधिकारीहरूको पदावधि सकिन एक महिना बाँकी हुँदा पनि छनोट प्रक्रिया अझै थालिएको छैन । 
आजको गोरखापत्र दैनिक लेख्छ–विश्वका विश्वविद्यालयहरूमा यस्तो प्रक्रिया पदाधिकारीको पदावधि सकिनु एक वर्षअघि नै सुरु गर्ने परम्परा छ । हतारमा ‘सर्च कमिटी’ गठन गर्ने नेपाली परम्पराले राम्राभन्दा हाम्रा व्यक्ति नियुक्त हुने प्रवृत्ति विगतमा झाँगिँदै गएको छ । 
न्युजिल्यान्डको क्यान्टरबरी विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरेका नेपाल खुला विश्वविद्यालयका अध्यापक डा कर्ण लामाले आफूले अध्ययन गरेको विश्वविद्यालयमा एक वर्षअघि नै विज्ञापन आह्वान गर्ने गरेको अनुभव सुनाए । 
त्यस्तो आवेदनमा विदेशीले समेत आवेदन दिन पाउने व्यवस्था छ । उनले थपे, “खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त हुनुपर्छ । बोर्ड अफ ट्रस्टीले पदाधिकारी नियुक्त गर्ने विधि नअपनाउन्जेल हाम्रा विश्वविद्यालय सुध्रिन सक्ने देखिँदैन । ” 
विश्वका प्रायः सबै विश्वविद्यालयले बोर्ड अफ ट्रस्टीमार्फत पदाधिकारी छनोट र नियुक्त गर्ने परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्