०८ साउन २०८३, शुक्रबार

पूर्व उपसचिवको घरमा गोली चल्यो, पूर्व इन्जिनीयर पक्राउ

पूर्व उपसचिवको घरमा गोली चल्यो, पूर्व इन्जिनीयर पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौं – सोमवार राति ९ बजे पूर्व उपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको छ ।

शर्माकी छोरी पढिरहेको कोठाको सिसामा गोली प्रहार भएको हो । गोली प्रहार भएलगत्तै घरका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी पुगेपछि गोली प्रहारको पुष्टि भएको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।

‘हामी गएर हेर्दा शिकार प्रयोजनको लागि प्रयोग गरिने सानो २.२ एमएम हतियारको गाली भएको पायौं,’ उनले भने ।

पूर्व उपसचिव शर्माको घरमा गोली चलेको प्रकरणमा पूर्व इन्जिनीयर शुभांकर खनाललाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएकोे महाशाखाले जनाएको छ ।

खनालको घरमा खानतलासी गर्दा लाइसेन्स प्राप्त २ थान हतियार र ५० राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । गोली उनले नै हानेका हुन् वा अन्य कसैले हानेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले घटनामा अनुसन्धान भइरहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्