३१ असार २०८३, बुधबार

शुक्लाफाँटा नगरपालिकामा ३ वडा कार्यालय भवन निर्माण

शुक्लाफाँटा नगरपालिकामा ३ वडा कार्यालय भवन निर्माण

कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिकामा ३ वडा कार्यालय भवन निर्माण गरिएका छन् ।

भवन निर्माणका लागि प्रतिभवन ८० लाख रुपैयाँ खर्च गरिएको छ । वडा नम्बर ७, ८ र १२ मा वडा कार्यालयका पक्की सुविधासम्पन्न भवन निर्माणको कार्य पूरा भई कार्यालय सञ्चालन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताए ।

निर्माण भएका भवनमा बैठक कक्ष, ३ कार्यालय कक्ष, शौचालय र ‘वासरुम’ सहितको व्यवस्था गरिएको छ । वडा नम्बर १, ५ र ११ का कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन भवनसमेत ८० लाखका दरले निर्माण भइरहेको अधिकृत थापाले बताए ।

चालू आवमा २ वडा कार्यालयका भवन निर्माणका लागि १ करोड ६० लाख रुपैयाँ रकम नगरपालिकाको नगर परिषद्ले स्वीकृत गरेको छ । सर्वसाधारणलाई घरदैलोमै सेवा पुर्‍याउन वडा कार्यालय भवन निर्माण गरिएको अधिकृत थापाको भनाइ छ ।

भवन निर्माण नभएका वडा नम्बर २, ३, ६ र ९ का कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएका छन् । वडा नम्बर ४ र १० का कार्यालय नगरपालिकाका पुराना भवनमा सञ्चालन भइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्