- काठमाडौं, १४ चैत — नेपाल र भारतको बिहार सीमामा सीमा सशस्त्र बलले प्रतिबन्धित सर्प स्यान्ड बोआ (दुईमुखे साँप) बरामद गर्दै एक तस्करलाई पक्राउ गरेको छ ।

बरामद गरिएको सर्प यौनशक्ति बढाउनका लागि प्रयोग गरिने औषधि बन्छ । यसको मूल्य करीब १६ लाख रुपैयाँ छ भने अन्तर्राष्ट्रिय बजारमा तीन करोड पर्छ ।
तस्करसँग सोधपुछ चलिरहेको छ र ऊ बिहारको पश्चिम चम्पारणको काली बाग नगरमा बस्छ । उसको नाम मोहम्मद अली हो ।
नेपाल आइरहेको बेलामा बेलदरवा मठ पोस्टको मूर्तिया टोलबाट उसलाई गिरफ्तार गरिएको हो ।
सर्पलाई एउटा बक्समा राखेर थैलीले छोपिएको पाइयो ।
केही समययता नेपाल–बिहार सीमामा प्रतिबन्धित दुईमुखे सर्पको तस्करी भइरहेको सूचना आएको थियो । सीतामढी रेन्जमा यस्ता क्रियाकलाप भइरहेको खबर आएको थियो ।
यौनशक्ति बढाउने औषधि र तन्त्रमन्त्रको नाममा इन्डोनेसिया, चीन र अरब देशहरूमा जनावरको औषधि बनाउने पुरानो चलन छ । दुईमुखे साँपले सेक्स पावर बढाउने विश्वास गरिन्छ ।
यसका अलावा अन्धविश्वासी मानिसहरूले तन्त्रमन्त्रको चक्करमा साँपको बलि चढाउने पनि गरेका छन् । यसकारण सर्पको यो प्रजाति अस्तित्वको संकटमा परेको छ ।
आजतकबाट