०३ असार २०८३, बुधबार

७ वर्षे बालकको मुखमा ५ सय २६ दाँत, डाक्टर चकित

७ वर्षे बालकको मुखमा ५ सय २६ दाँत, डाक्टर चकित

काठमाडौँ - भारतको चेन्नई शहरको सविता डेन्टल कलेजमा डाक्टरहरूले ७ वर्षको बालकको मुखबाट ५ सय २६ दाँत निकालेका छन् ।

'कम्पाउण्ड कम्पोजिट ओनडोन्टओम' नामको दुर्लभ रोगबाट पीडित उक्त बच्चाको दाहिने बंगारा सुनिएपछि अस्पताल ल्याइएको थियो ।

अस्पतालका डाक्टर पी सेन्थिलनाथनले बुधवार भने, 'बच्चाको आमा बाबुले पहिलोपटक बच्चा ३ वर्ष हुँदा बंगारा सुनिएको देखेका थिए । त्यतिबेला उनीहरूले ध्यान दिएनन् ।'

डाक्टरका अनुसार बच्चाको तल्लो दाहिने बंगारामा धेरै अल्पविकसित दाँत देखिएका थिए । त्यसपछि डाक्टरले अपरेशन गरे ।

डाक्टर सेन्थीलनाथनले भने, 'हामीले अपरेशन गरेर बच्चाको मुखबाट साना-ठूला आकारका ५ सय २६ दाँत निकाल्यौं । यसका लागि ५ घण्टाको समय लागेको थियो ।'

अहिले बच्चा सामान्य छ । डाक्टरहरूका अनुसार यो संसारको पहिलो घटना हो ।

salt training

कमेन्ट गर्नुहोस्