
बुटवल – बुधवार राति ५ नम्बर प्रदेशका नेपाल टेलिकम र एनसेलका टावर विभिन्नमा आगजनी भएको छ ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित धुपही, अर्घाखाँचीको पाणिनि गाउँपालिका–५ मैदानको अमजा, पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१० मगरकोट टावरमा आगजनी भएको छ ।
आगजनी कसले गर्यो भनेर पत्ता लाग्न सकेको छैन । एनसेलले सरकारलाई तिर्नुपर्ने सबै कर नतिरेको भन्दै विप्लव नेतृत्वको नेकपाले केही समयअघि विभिन्न स्थानका एनसेलका टावरमाथि आगजनी गरेकाले बुधवार राति पनि सोही समूहका कार्यकर्ताले आगजनी गरेको आशंका प्रहरीले गरेको छ ।
धेरै ठाउँमा एनसेलका टावरमा आगजनी भएपनि अर्घाखाँचीको पाणिनीमा नेपाल टेलिकमको टावरमा आगजनी भएको छ ।