२२ असार २०८३, सोमबार

नागढुंगामा १ किलो सुनसहित १ जना पक्राउ

नागढुंगामा १ किलो सुनसहित १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौं – महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले नागढुंगाबाट १ किलो सुनसहित १ जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुंगामा चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालकले कालो टेपले बेरेर पाइन्टको पेटी लगाउने स्थानमा ४ टुक्राको सुनजस्तो वस्तु १ किलो लुकाइछिपाई ल्याएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । 

सुन बोक्ने रसुवाको गोसाईकुण्ड–५ का ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले बताए । 

उनका अनुसार तामाङले प्रयोग गरेको बा९प २७२६  नम्बरको २०० सीसीको पल्सर मोटरसाइकल समेत बरामद गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्