०७ साउन २०८३, बिहीबार

झाँक्रीको टिप्पणी - योगेश भट्टराईलाई भुंग्रोमा हालियो

झाँक्रीको टिप्पणी - योगेश भट्टराईलाई भुंग्रोमा हालियो

काठमाडौँ -सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीले नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईलाई अलोकप्रियताको भुंग्रोमा गएको भनी टिप्पणी गरेकी छिन् ।

बिहीवार सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै झाँक्रीले भट्टराईलाई भुंग्रोबाट निस्कने सुझाव दिएकी छिन् । आफ्नै कारण सरकार अप्ठेरोमा परेकाले मुठ्ठी खुकुलो बनाउनुपरेको झाँक्रीको टिप्पणी छ ।

'आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो । जसको कारण योगेश दाईलाई मन्त्री बनाईयो,' झाँक्रीले स्ट्याटसमा भनेकी छिन्, 'सरकार अलोकप्रियताको भुंग्रोमा छ । दाइ त्यही भुंग्रोमा पर्नु भयो ऐले ।'

आफ्नी आमाले भनेको कुरा स्मरण गर्दै झाँक्रीले जुन भुंग्रोमा परेपनि निस्किनुपर्ने सुझाव भट्टराईलाई दिएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्